अनिश शर्मा “रोदन “
म एउटा मानव ,
तिमी पनि त मानव ।
फरक यति मात्र छ , तिमी चलाउँछौ बम ,गोलि ,बन्दूक ।
म चलाउँछु कलम ।
म एउटा युवा ,
तिमी पनि त एउटा युवा ।
तर फरक यति मात्र छ , तिमी बलवान् छौ , म बुद्धिमान ।
मेरो पनि रहर छ ,
तिम्रो पनि त रहर छ ,
तर फरक यतिमात्र छ ,
तिम्रो रहर , लुट्ने ,ठग्ने ,शोषण गर्ने
मेरो रहर अरूलाई न्याय दिलाउने ।
तिम्रो पनि जीवन हो ,
मेरो पनि त जीवन हो ।
तर फरक यतिमात्र छ ,
तिमिले बन्दुक समायौ ,
मैले कलम समाए ।
तिमी कसैको निर्दोषको ज्यान लिन्छौं ।
म तिनिहरूलाई न्याय दिलाउछु ।
तिमी मान्छे मान्छे फुटाउँछौ ,
म मान्छे मान्छे मा एकता निमार्ण गर्छु।
तिमी जिवनलाई पैसासँग तुलना गर्छौ ,
म जीवनलाई उपहार टान्छु ।
तिमी जीवनलाई कुनै बजारमा बिक्ने साधन ठान्छौ ।
म ठान्छु एक अमुल्य उपहार ।
आऊँ साँथि युद्ध गरौँ कलम र तरबार बिचमा ।
तिमी त्यो युद्धमा सत् प्रतिशत विश्वाससाथ भन्छु , तिमी हार्छौ
अनि तिमी पनि कलम समाऊ ।।
नाम : अनिश शर्मा “रोदन” ठेगना :देन्ताम पश्चिम सिक्किम
प्रकाशित कृति : नयाँ गोरेटो (कविता संग्रह ) २०१४
परिस्थिति (कविता संग्रह )२०१६
प्रकाशक : जीवन कहानी (कविता संग्रह )२०१७ अनुभव (कविता संग्रह )२०१७
To go to our page in Facebook click Wandering Soul of Sikkim
thanks
LikeLiked by 2 people