नाई मलाई थाहा छैन (कविता )

अनिश शर्मा “रोदन “

यथार्थ त मलाई थाहा छ
तर मलाई बाच्नु छ ।
मैले सत्य कुरा गरे त
भोलि मलाई मारिने छ ।
त्यसैले म भन्छु,
नाई मलाई थाहा छैन ।
नाई मलाई थाहा छैन ।
सत्य कुरा गरे त भोलि
मेरो बदनाम हुनेछ ।
सत्यलेनै मलाई ,
बदनाम गराउनेछ ।
भोलि मेरो चर्चाको खवर छापिने छ।
फेस्बुक मार्फत “मस्ट वान्टेट”भनेर मेरो “फोटो” “पोस्ट” गरिनेछ ।
त्यसैले मलाई सत्य थाहा हुँदै पनि म भन्छु
नाई मलाई थाहा छैन
नाई मलाई थाहा छैन ।
बाच्ने अधिकार संविधानले सबैलाई दिएको छ तर,
बाच्नु पर्दैछ झूठोलाई सत्य मानेर ।
जीवनको माया लाग्छ मलाई
त्यसैले म भन्नु पर्दैछ “हो हजुर “अरुको झूठो कुरामा ।
यस्तै छ यहाँ ,ढुङ्गा बज्रिज्रन्दै छ निर्दोष नारिको चुरामा ।
आफ्नै अघाडि कसैले कसैलाई मार्यो भने
मैले देखिन भन्नु पर्दैछ ।
आफ्नो अधिकार जसले खोस्छ
उसैलाई खधा -माला लगाएर पुजा गर्नु पर्दैछ ।
दिनमा सयौ बलत्कार हुन्छन्
खवर छापिन्छ एउटा
बलत्कारिलाई दिइन्छ माफी
म त गर्छु ,यस्तो प्रशासनलाई देब्रे हातले सलामी ।
म त गर्छु ,यस्तो प्रशासनलाई देब्रे हातले सलामी ।
यहाँ बिमारि बोक्ने गाडी ,एमबुलेन्स छैन,
बल्तकारि बोक्ने विमान ।
सोजा संज्जनलाई गर्छन् हेला ,शोषण
देश्द्रोहीलाई स्म्मान ।
देश्द्रोहीलाई स्म्मान ।
मलाई बाच्नु छ , त्यसैले म भन्छु , नाई मलाई थाहा छैन
नाई मलाई थाहा छैन।।

IMG_3233

नाम : अनिश शर्मा “रोदन”                                                                                                                                          ठेगना :देन्ताम पश्चिम सिक्किम
प्रकाशित कृति : नयाँ गोरेटो (कविता संग्रह ) २०१४
परिस्थिति (कविता संग्रह )२०१६
प्रकाशक : जीवन कहानी  (कविता संग्रह )२०१७                                                                                                           अनुभव (कविता संग्रह )२०१७

More by same author : कलम (कविता)

To go to our page in Facebook click Wandering Soul of Sikkim

One thought on “नाई मलाई थाहा छैन (कविता )

Add yours

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Create a website or blog at WordPress.com

Up ↑

%d bloggers like this: